हवाई कार्गो व्यवसायका समस्या एवं सम्भावना «

हवाई कार्गो व्यवसायका समस्या एवं सम्भावना

भूपरिवेष्टित मुलुकहरूले भोग्नुपरेका समस्याहरूको सन्दर्भमा सतह यातायातको ठाउँमा यसका अन्य विकल्पहरूको समेत खोजी गर्नुपर्ने आवश्यक भएको छ ।

नेपालका विद्यमान सबै समस्याहरू नेपालीले नै गरेका हुन् भन्न सकिन्न, किनकि नेपाल एउटा भूपरिवेष्टित राष्ट्र हो, जसका लागि नजिकको समुद्री बन्दरगाह पनि १ हजार १ सय २७ किलोमिटर टाढा छ । अहिले वीरगन्जको सिर्सियासम्म रेलवे लाइनको विस्तार र इङ्ल्यान्ड कन्टेनर डिपोको निर्माण भएबाट केही भए पनि पारवहन ढुवानी खर्च कम भएको यथार्थ छ । पारवहन समस्या एक प्राकृतिक समस्या भएको हुनाले यसका आफ्नै तत्व तथा विविधताहरू रहेको हुन्छ । कुनै पनि भूपरिवेष्टित मुलुकले अन्य पारवहन सुविधा प्रदान गर्ने मुलुकसँग सम्झौता गरेका हुन्छन् ।
यसै क्रममा हेर्ने हो भने अफगानिस्तानको इरानसँग सम्झौता रहेको छ । भुटानको व्यापार तथा पारवहन सन्धि भारत सँग भएको छ । लाओसको कम्पुचिया, थाइल्यान्ड र भियतनामसँग सम्झौता भएको देखिन्छ ।
नेपालको भौगोलिक वास्तविकता यस्तो छ कि नेपालमात्र भूपरिवेष्टित होइन, बरु यस्तो जीर्ण तरिकाले भूपरिवेष्टित छ कि पारवहनका लागि भारतबाहेक अन्य मुलुकसँग भर पर्ने सम्भावना छैन । हुन त बंगलादेशले फूलबारी बंगलाबन्दको मार्ग प्रयोग गरी मोंगला बन्दरगाह प्रयोग गर्न दिए तापनि पूर्वाधार एवं खर्चका हिसाबको समेत सो मार्ग त्यति फाइदाजनक हुन सकेको छैन भने बंगलाबन्दसमेत पस्न पूर्व काँकडभित्तादेखि बंगलाबन्दसम्मको करिब ४३ किमिको भारतीय भूमि नै जानुपर्ने बाध्यतासमेत रहेको छ ।
नेपालको तत्कालका लागि चीनसँग पारवहन मार्ग नेपालका लागि पूर्णतः अव्यावहारिक छ, किनकि दूरीका दृष्टिले समेत भारत नै तथा आर्थिक दृष्टिले समेत सबै व्यावसायिक ट्राफिकको आवतजावतका लागि भारत नै नेपालका लागि प्रमुख पारवहन राष्ट्र हो । हुन त चीनसँग पनि विभिन्न पारवहन प्रोटोकलमा हस्ताक्षर भएको छ । ती कति व्यावहारिक र व्यवहृत हुने हुन्, समयले देखाउनेछ ।
भूपरिवेष्टित मुलुकहरूले भोग्नुपरेका समस्याहरूको सन्दर्भमा सतह यातायातको ठाउँमा यसका अन्य विकल्पहरूको समेत खोजी गर्नुपर्ने आवश्यक भएको छ । त्यसैले हवाई मार्गबाट गरिने व्यापार र हवाई कार्गोको सम्भाव्यता अझ बढी व्यापक हुन पुगेको छ ।
हालै नेपालबाट हवाईमार्ग भई निर्यात हुने कार्गो व्यापारमा केही प्रतिशत वृद्धि भएको छ । विमानस्थलको कार्गो कम्प्लेक्स निजी क्षेत्रले चलाउनुपर्नेमा नेपालमा भने प्रभावकारी ढंगले त्यसो हुन सकेको छैन । हाम्रै छिमेकी मुलुक भारतको दिल्लीमा कार्गो कम्प्लेक्स फ्रेट फर्वाड्र्सले चलाइरहेका छन् ।
नेपाल र समुन्द्रबीचको अन्तर्राष्ट्रिय सीमा रेखा र नेपालमा उपलब्ध अनुत्पादक एवं आर्थिक दृष्टिबाट फाइदा नहुने भूमिको प्रयोग गर्दा नेपालजस्तै भूभागमा अवस्थित दार्जीलिङबाट भन्दा नेपालबाट पारवहन सुविधा प्रयोग गरी सामानको ढुवानी गर्दा करिब १८ देखि २५ प्रतिशत बढी पारवहन खर्च बेहोर्नुपर्छ । यी समस्याको निराकरण गर्न बंगलादेशको बाटो भई पारवहन सुविधा प्रयोग गर्न पनि दोहोरो डकुमेन्टेसनको आवश्यकता आदिका कारणले यो पनि त्यति फलदायी हुन सक्ने देखिँदैन ।
अन्य प्रस्तावित बाटोहरूमा चीनको भूभागमै व्यापार सञ्चालन गर्ने, जसमा करिब ५५ सय किमिको दूरी तय गर्नुपर्छ । हुन त भाडादर यस अवस्थामा निकै कम भए तापनि वास्तविकताभन्दा यो प्रस्तावना धेरै टाढा रहेको भए पनि यस पारवहनसम्बन्धी सम्झौतापछि केही प्रगति भएको छ ।
यी अवस्थाहरूमा हवाई यातायात अथवा हवाई एवं सामुद्रिक यातायातको मिश्रणले नेपाललाई राम्रो विकल्प दिन सक्छ । हवाई यातायातले ओगटेको अंशको सर्सरी समीक्षा गर्दा हवाई यातायातले निकासीको करिब १५–२० प्रतिशत र आयातको १०–१८ प्रतिशत अंश ओगटेको देखिन्छ । यो नै नेपालमा हवाई यातायातको महत्व झल्काउने संकेतका रूपमा लिन सकिन्छ । यो अंशलाई वृद्धि गर्ने व्यापक एवं पर्याप्त सम्भावनाहरू रहेका छन् ।
आज देशले अंगीकार गरेको विश्वव्यापीकरण र अन्तर्राष्ट्रिय व्यापारमा भएको वृद्धिले गर्दा कार्गो व्यवसायको भूमिका हजारौं गुणा बढी रहेको देखिन्छ । जे होस्, पेसागत दक्षताको अभाव र अन्य धेरै कारणहरूले गर्दा नेपालमा कार्गो व्यवसाय अपेक्षित मात्रामा फस्टाउन सकेको देखिँदैन ।
हवाई मार्गबाट अधिकांश वस्तु निर्यात हुने भए पनि हालसम्म पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरको पूर्वाधारको विकास हुन सकेको छैन । उदाहरणका लागि अति खतरायुक्त सामान नाशदान वस्तुहरू, मानवका अवशेष, जीवित जनावर र मूल्यवान् वस्तुहरूलाई सञ्चय गर्नु छुट्टै सञ्चय ग्रह वा गोदाम घर अन्तर्राष्ट्रिय स्तरको भएको पाइँदैन ।
कार्गो व्यवसायीका समस्याहरूतर्फ दृष्टिगत गर्दा कतिपय अवस्थामा निर्यातकर्ताहरूको निर्यात हुने सामान हवाईजहाजमा ¥याम्पमा नै राखिनुपर्ने र यसरी राख्दा बिग्रने, चोरी हुने समस्या रहेको छ भने नेपालले लागूपदार्थको तस्करी कार्गोको माध्यमबाट हुने सम्भावना अधिक रहेको कारणले गर्दासमेत यसबारेमा संलग्न व्यक्तिहरू समयमा नै सचेत भई प्रक्रियाहरूमा संलग्न नरहने उपायहरूको ज्ञान संकेत हुनु जरुरी छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्सरे यन्त्र चाहिँदो मात्रामा जडान गर्नुपर्ने, कुलिङ पिरियड हटाउनु या घटाउनुपर्ने, तौल यन्त्र पनि अनुकूलतम ठाउँमा राख्नुपर्ने, भन्सार चौबीसै घण्टा खुला गर्नुपर्ने, खुला आकाश नीति आइसकेपछि पनि चार्टर कार्गो हटाउनुपरेमा ल्यान्डिङ, पार्किङ र ह्यान्डिङ शुल्क अन्य देशभन्दा बढी रहेको, एकद्वार प्रणाली प्रभावकारी हुन नसकेको, ‘मल्टी मोडल ट्रान्सपोट’ कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने आदि प्रमुख समस्याको रूपमा रहेको यस क्षेत्रमा संलग्न उद्यमी व्यवसायीहरू बताउँछन् ।
जहाँ भूपरिवेष्टित मुलुक व्यापारमा समावेश भएको छ, त्यस अवस्थामा पारवहन समय निश्चय पनि तुलनात्मक रूपमा बढी रहने गरेको हुन्छ । सतह यातायातमा लाग्ने समयलाई कम गराउन बढी मूल्य र कम तौल भएका वस्तुहरू हवाई यातायातको माध्यमद्वारा निकासी गर्नु बढी फाइदाजनक देखिन्छ, जुन कुरा नेपालको विगतमा भएको संयुक्त राज्य अमेरिकासँगको व्यापारले देखाएको थियो । जे होस्, औसत मूल्य प्रतिकिलोग्राम अन्य यस क्षेत्रका राष्ट्रहरूभन्दा कम हुनुपर्छ ।
हवाई यातायातको माध्यमद्वारा व्यापार अभिवृद्धि गर्नुपहिले ती सम्भाव्य क्षेत्रहरूमा यात्रु विमानको संख्यामा वृद्धि गर्नुपर्छ, जसले कन्टेनर र प्यालेटको प्रयोगबाट टेवा पु¥याउन सक्ने सम्भावना हुन्छ ।
पर्यटन विकासको नेपालमा पर्याप्त सम्भावना रहेर पनि देशमा हालको परिस्थितिका कारण अपेक्षित मात्रामा हामीले पर्यटन भित्र्याउन सकेका छैनौं । जे होस, नेपालसँग बढ्दो सम्बन्धका कारणले तथा पर्यटन उद्योगको विकासको कारणले गर्दा ‘कमोडिटी’ दरमा भाडा लगाउने व्यवस्था हुनुपर्छ ।
अन्तर्राष्ट्रिय हवाई यातायात सेवा देशमा आइरहेको परिप्रेक्ष्यमा प्रतिस्पर्धात्मक ‘कमोडिटी भाडा’ लागू गर्न सकिने बलियो सम्भाव्यता छ । भूपरिवेष्टित मुलुकहरूको बाध्यता हटाउन नेपालले दीर्घकालीन निर्यात नीतिमा धेरै मूल्य र कम वजन भएका वस्तु निकासी गर्न उत्पादन तह निकासी बजार तहसम्म जोड दिने आवश्यकता हुन जान्छ ।
नेपालका निर्यात व्यापारलाई नकारात्मक प्रभाव पार्ने तत्वहरूमा समुद्रसम्म सीमा सम्पर्कको अभाव, निर्यात गर्ने वस्तुहरूको सीमितता, अन्तर्राष्ट्रिय व्यापारीकरणबारे ज्ञानको कमी हुनु र बढी यातायात मूल्य भएको हुनाले प्रतिस्पर्धात्मक दक्षतामा कमी आदि प्रमुख छन् ।
यसै परिपे्रक्ष्यमा नेपालले नयाँ प्राविधिक उत्पादनहरू, जो हवाई कार्गोसँग सम्बन्धित छन्, तिनको पूर्ण उपयोग गर्नुपर्छ । हवाई कार्गो बजार विकासको केन्द्रबिन्दु हो र तथ्याङ्कलाई हेर्दा तीव्र गतिले भइरहेको हवाई कार्गोको वृद्धिले यो कुरा स्पष्ट गरेको छ ।
राष्ट्रको अर्थव्यवस्थामा अभिवृद्धि गर्न ग्रामीण वस्तुहरूको प्रवद्र्धन गर्नुपर्ने र कार्गो एजेन्टहरूले देशको विकट क्षेत्रमा आफ्नो सेवा विस्तार गर्नुपर्छ, किनकि व्यापार थलोको बिन्दु केवल काठमाडौँ मात्र होइन । जे होस्, आज देशमा ३ सयभन्दा बढी कार्गो व्यवसायीहरू आफ्नो कार्गो व्यवसाय पर्यटन ऐनअनुसार नचलेको गुनासो गर्छन् ।
समष्टिमा भन्नुपर्दा हवाई यातायातमा भएको विकासले मात्र सबै समस्याको समाधान गर्नु सम्भव छैन । विकासोन्मुख मुलुकहरूले भोग्नुपरेका समस्याहरू, जुन चाहे व्यापार प्रवद्र्धनको क्षेत्रमा होस्, भन्सार प्रक्रियाबारे होस्, पारवहनमा क्लियरिङ एन्ड फर्वार्डिङको रूपमा होस्, प्याकेजिङ र हानि कम गर्ने उपायहरूको बारेमा होस्, मल्टिमोडल ट्रान्जिट कन्टेनर डिपोको स्थापना गर्ने आदि सबै हवाई कार्गो व्यवसायमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग र सम्बन्धित रहेको छ ।
विगतमा नेपाल निर्यात परिषद्ले सामान निर्यातमा हवाई कम्पनीहरूले कार्गो भाडा तीन गुणासम्म महँगो गराएको भन्दै आफ्नो ध्यानाकर्षण गराएको थियो ।
सामान निर्यातमा हवाई कार्गोको भाडा महँगो भएको भन्दै यसले व्यवसायमा समस्या भएको छ । कोभिडका कारण सम्पूर्ण उद्योग–व्यवसायहरू प्रभावित छन् । यस्तो अवस्थामा व्यवसायीहरूले सानो परिमाणमा भए पनि नेपाली वस्तुहरू निकासी गर्दै आएको तर हवाई भाडा दुई–तीन गुणासम्म महँगो भएकाले निकासीमा समस्या रहेको थियो ।
निर्यातयोग्य वस्तुहरूको निकासी प्रवद्र्धनका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण टेवा पु-याउन हवाई कार्गो भाडादरलाई तत्काल सुचारु गर्नसमेत माग गरेको यहाँ स्मरणीय हुन्छ ।

प्रतिक्रिया दिनुहोस्