‘निजी क्षेत्रविरुद्ध अनर्गल प्रचार’ «

‘निजी क्षेत्रविरुद्ध अनर्गल प्रचार’


उद्योग संगठन मारङले पछिल्ला केही दिनयता निजी क्षेत्रविरुद्ध अनर्गल प्रचर भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
संगठनले विज्ञप्ति जारी गरेर नारायणहिटी दरबार संग्रहालय क्याफेटेरिया भाडा प्रकरणका सम्बन्धमा बतास अर्गनाइजेशनविरुद्ध विभिन्न सञ्चार माध्यम एवं सामाजिक सञ्जालमा आएका समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
सरकारी निकायले कानुनअनुसार आह्वान गरेको टेण्डर प्रक्रियमा सहभागी भएर आफ्नो व्यवसाय विस्तार गरेको बतासविरुद्ध अनर्गल प्रचर भएको संगठनको ठहर छ । कानुनी प्रक्रिया पु¥याएर सरकासँग सम्झौता गरेर संरचना निर्माणका क्रममा
उद्योगीलाई एकपक्षिय ढंगबाट नियतबस हतोत्साहि पार्ने, फसाउने गरी अनर्गल प्रचार प्रसार भइरहेको भन्दै संगठनले आपत्ति जनाएको हो । सरकारको स्थापित कानुन तथा अधिकार प्राप्त जिम्मेबार निकायबाट भएको निर्णयका सन्दर्भमा निर्णय गर्ने प्रकृयामा संलग्नलाई उन्मुक्ति दिएर उद्यमीलाई दोाषी बनाउने प्रपञ्च भएको भन्दै संगठनले आपत्ति जनाएको हो ।
सम्झौता फिर्ता लिने स्थापित मान्यता भएपनि जबरजस्ती गर्नु दुखद भएके भन्दै संगठनले सो क्षेत्रमा संलग्न उद्यमीलाई लागतको उचित क्षतिपूर्ति दिनसमेत माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्