Logo

सरकारी भाडादर लागू गर्न व्यवसायीलाई दबाब


जुम्लामा गुड्ने साना तथा ठूला यात्रुबाहक सवारीको भाडादर निर्धारण गरिएको छ ।
सरकारले निर्धारण गरेको लामो तथा छोटो दूरीका सवारीको भाडादर कार्यान्वयनका लागि यातायात व्यवस्था सेवा कार्यालय, प्रहरी प्रशासन, नागरिक समाज, राजनीतिक दल र यातायात व्यवसायीबीच छलफल गरिएको छ । जुम्लाबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीले मनपरी भाडा लिएको जनगुनासो बढेपछि सरकारले तोकेको भाडादर निर्धारण र कार्यान्वयनका लागि छलफल गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले सरकारले निर्धारण गरेको भाडादर यर्थाशिघ्र कार्यान्वयन गर्नुपर्ने बताइन् । “प्रत्यक यात्रुबाहक सवारीमा भाडादर अनिवार्य टाँसिएको हुनुपर्छ” उनले भनिन्, “मनपरी भाडा बढाउने, समन्वय नगर्ने, यात्रुले सास्ती पाउने समस्या बढेकाले सरकारी भाडादर कार्यान्वयन गर्नुको विकल्प छैन ।”
यातायात व्यवसायीका आफ्नै समस्या भएपनि नागरिकलाई सेवा दिने सबालमा व्यवसायलाई नाफामुखी मात्र नभइ सेवामुखी बनाउन समेत प्रजिअ प्रसाइको आग्रह छ ।
उता, जुम्लाका नागरिक अगुवा, राजनीतिक दल, प्रहरी प्रशासन र यातायात व्यवस्था कार्यालयले आफू मर्कामा नपर्ने गरी अनिवार्य सरकारले निर्धारण गरेको भाडादर कायम गर्न सुझाव दिएका छन् ।
तर, सरकारले निर्धारण गरेको भाडादर तत्काल कार्यान्वयन नहुने जम्लाका यातायात व्यवसायीको अडान छ । इन्धनको मूल्य दैनिक बढ्दै गएको अवस्थामा भाडा घटाएर व्यवसाय धरापमा पार्ने गरी सेवा दिन नसकिने यातायात व्यवसायीको अडान छ । तिला कर्णाली यातायात प्रालीका इन्चार्ज ईन्द्र थापाले तेलको मुल्य नघटी, पाटपुर्जाको मूल्य नघटी, मेकानिकल खर्च नघटेसम्म भाडा घटाउने स्थिति नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्