सेन्ट्रल फाईनान्सको ११ प्रतिशत लाभांश पारित «

सेन्ट्रल फाईनान्सको ११ प्रतिशत लाभांश पारित

शुक्रबार सम्पन्न भएको सेन्ट्रल फाईनान्स लि.को २५औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७-०७८ को नाफाबाट सेयरधनीहरुलाई ७.७ प्रतिशत बोनश शेयर र ३.३ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २४ वर्षदेखि गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै आएको संस्थाको ललितपुरको कानदेवस्थानस्थित आफ्नै नवनिर्मित केन्द्रीय कार्यालय सहित काठमाण्डौको चावहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, भक्तपुरको च्याम्हासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट, बाराको सिमरा, सिन्धुलीको भिमान र डकाहा, सर्लाहीको लालबन्दी, धनुषाको जनकपुर, सुनसरीको इटहरी गरी १४ वटा शाखा र भक्तपुरको सल्लाघारीमा १ एक्सटेन्सन काउण्टर सञ्चालनमा रहेको तथा संस्थाले छिट्टै नै झापाको बिर्तामोड र रुपन्देहीको भैरहवामा नयां शाखा सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको र भविष्यमा थप शाखा खोली शाखा सञ्जाल र कार्यक्षेत्र थप विस्तार गरिने प्रमुख कार्यकारी अधिकृत रजोज मान श्रेष्ठले बताए ।
संस्थाले डेबिट कार्ड, एसएमएस बैंकिङ्ग, चेक क्लियरिङ्ग, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स तथा सी–आस्वा जस्ता आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको पनि उनले बताए ।
उनले साधारण सभाबाट पारित ७.७ प्रतिशत बोनस सेयर पश्चात् वित्तीय संस्थाको चुक्ता पूंजी ९४ करोड ८८ लाख ७५ हजार, निक्षेप ५ अर्ब ८२ करोड ५७ लाख ४८ हजार र कर्जा लगानी ५ अर्ब १ करोड २२ लाख ६२ हजार रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्