१० दिनमा ११ गुणा बढ्यो कोरोना «

१० दिनमा ११ गुणा बढ्यो कोरोना

पछिल्लो दश दिनमा ११ गुणाले संक्रमण उकालो लागेको छ ।
हरेक दिन अघिल्लो दिनको तुलनामा ५ सय देखि एक हजारसम्म धेरै संक्रमित थपिन थालेका छन् । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१५ हजार ८१ जनामा कोरोना परीक्षण गरिएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । बुधबार ३ हजार ७५ जनामा संक्रमण पुष्टि भएको थियो । मंगलबार २४४४ जनमा संक्रमण पुष्टि भएको थियो । सोमबार १ हजार ४ सय ४६ जनामा र आइतबार ११६७ जना संक्रमित थपिएका थिए । १० दिन अघि पुस १९ गते जम्मा ३२६ जना संक्रमित मात्रै थपिएका थिए । त्यसयता निरन्तर बढेको संक्रमण बिहीबारसम्म आइपुग्दा ११ गुणाले बढेको छ ।
कोरोना संक्रमणको हटस्पट काठमाडौं बनेको छ । देशभर थपिएका संक्रमितको आधा संख्या काठमाडौं जिल्लामा रहेका छन् । बिहीबार मात्रै काठमाडौंमा १४ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुर, भक्तपुर गरेर उपत्यकामा १९ सय १६ जना संक्रमित थपिएका छन्

प्रतिक्रिया दिनुहोस्