माछापुच्छ्रे बैंकले प्रहरीलाई दियो रोड ब्यारिगेट «

माछापुच्छ्रे बैंकले प्रहरीलाई दियो रोड ब्यारिगेट

माछापुच्छ्रे बैंकले सडक सुरक्षालाई मध्यनजर गर्दै महानगरीय प्रहरी वृत्त लैनचौरलाई तीन वेटा रोड ब्यारिगेट हस्तान्तरण गरेको छ ।
महानगरीय प्रहरी वृत्त लैनचौरले आयोजना गरेको एक कार्यक्रममा बैंकका बागमती प्रदेश प्रमुख निरजमान सैजुले उक्त रोड ब्यारिगेट हस्तान्तरण गरेका हुन् । कार्यक्रममा महानगरीय प्रहरी वृत्त लैनचौर सोह्रखुट्टेका प्रमुख प्रहरी नायव उपरीक्षक दुर्गाप्रसाद खनालको उपस्थिति थियो ।
बैंकका अनुसार बढ्दो सडक दुर्घटना र सडकमा हुने विभिन्न प्रर्दशनलाई मध्यनजर गर्दै सर्वसाधरणको सुरक्षाका लागि सडक ब्यारिगेट हस्तान्तरण गरिएको हो ।
माछापुच्छ्रे बैंकले देशभर विभिन्न स्थानमा रहेको १६३ वटा शाखा, १५७ शाखारहित बैंकिङ सेवा इकाई र ६ एक्सटेन्सन काउन्टर गरी ३२६ स्थानबाट १० लाखभन्दा बढी ग्राहकलाई सुविधा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्