ज्योति विकास बैंकद्वारा अस्पताललाई बेबीवार्मर प्रदान

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका लागि स्थापना गरेको ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत प्युठान, बाँके, बर्दिया र जाजरकोट गरी थप ४ ठाउँमा राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबीवार्मर प्रदान गरेको छ । बैंकले यी विभिन्न अस्पताललाई नवजात शिशुको शारिरीक तापक्रम उचित राख्न प्रयोग हुने बेबीवार्मर प्रदान गरेको हो ।
सम्बन्धित अस्पतालहरुमा आयोजित कार्यक्रममा बैंकका विभिन्न पदाधिकारीबाट ती बेबीवार्मर हस्तान्तरण गरिएको हो । साथै स्वास्थ्यकर्मीलाई बेबीवार्मर सञ्चालनका बारेमा तालिमसमेत दिइएको बैंकले जनाएको छ ।