रिजालको पोटेटो चिप्स बजारमा «

रिजालको पोटेटो चिप्स बजारमा

विगत ३४ वर्षदेखि नमकिन दालमोठ भुजिया पिनट्स र विभिन्न प्रकारका तयारी चमेना उत्पादन गरि नेपाली ऊपभोक्ता माझ पुगेको रिजाल्स नमकिनले हालै नेपाली बजारमा पोटेटो चिप्स पनि बिक्री वितरण सुरु गरेको छ ।
कम्पनीका प्रवन्ध निर्देशक पुरुषोत्तम रिजालका अनुसार नयाँ र स्मार्ट प्रविधिको अत्याधुनिक मेसिनबाट उत्पादित चिप्सलाई क्रिम ओनियन, नेपाल क्लासिक र साल्टेड गरी विभिन्न तिन स्वादमा विगत केही महिनादेखि परीक्षण उत्पादनका रुपमा नेपाली उपभोक्ता माझ प्रस्तुत गरिएकोमा उपभोक्ताबाट राम्रो र उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्