उत्कृष्ट एचआरएम अवार्ड निम्बसलाई «

उत्कृष्ट एचआरएम अवार्ड निम्बसलाई

निम्बसले कर्पोरेट उत्कृष्टताका लागि कृषि उद्यमसमुहमा एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१ जितेको छ ।
काठमाडौंमा हालै आयोजित विशेष समारोहमा आयोजित प्रथम ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१’ मा निम्बसले उक्त उपाधी हात पारेको हो ।
अवार्ड जितेपछि निम्बसले कम्पनीको अनुपम र प्रगतिशील विकाशका साथै समग्र नेपालको कृषि क्षेत्रमा पु¥याएको योगदानलाई सम्मान गरेको बताएको छ । निम्बसका कार्यकारी अध्यक्ष आनन्द बगरियाले निम्बसले कृिषजन्य उद्योगमार्फत कर्पाेरेट संस्कारको सुरुवात गरेको र यसको श्रेय ग्राहक र लगनशील कर्मचारी भएको बताए ।
निम्बसले सन् २००४ मा देशमै पहिलो पशुपंक्षीको दानाको नविनतम पेलेट फिड उत्पादन गर्ने उद्देश्यसहित प्रोबायोटेक इण्डस्ट्रिजको स्थापना गरी व्यवसाय सुरुवात गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्