नाका खोल्न माग गर्दै प्रदर्शन «

नाका खोल्न माग गर्दै प्रदर्शन

चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।
बुधबार माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयले चीनसँग जोडिएका केरुङ र खासा नाका खुल्ला गर्न माग गर्दै आन्दोलन गरेका हुन् । आन्दोलनमा सहभागी अमिर तामाङले चीन आवतजावत गर्ने केरुङ र खासा नाका खुल्ला गर्न माग गरे । उन्ले चीन सरकारले हुम्लामा रहेको १२ नम्बर पिल्लर सारेको भन्दै मनोमानी ढंगले अर्को देशको सीमास्तम्भ सार्न नपाइने पनि बताए । “केरुङ, खासा नाकाहरु खुल्ला गरिनुपर्छ । हुम्लामा रहेको १२ नम्बर पिल्लर सार्न पाइँदैन” उनले भने, “त्यसमा चीन सरकारले हेर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्