मौलिक गहना बनाएर निर्यात गर्न जोड «

मौलिक गहना बनाएर निर्यात गर्न जोड

गृहमन्त्री बालकृष्ण खाँणले नेपाली परम्परागत गहनालाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनुपर्ने बताएका छन् ।
बुधबार गृह मन्त्रालयमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ तथा सुनचाँदी व्यापारी प्रतिनिधिसँग छलफल गर्दै गृहमन्त्री खाँणले नेपालको परम्परागत तथा मौलिक गहनालाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनुपर्ने बताए ।
नेपालले कच्चा सुन उत्पादन गर्न नसक्दा सुन आयात गर्नु परेको भएपनि आयात गरिएको सुनबाट नेपालको मौलिक गहना निर्माण गरी अन्तर्राष्ट्रिय बजारमा लैजानुपर्ने उनले बताए ।
नेपाली पुर्खाहरुले लगाएको गहनाहरुको उपयोगिता तथा ऐतिहासिकताको अध्ययन गर्दै सो अनुरुपको गहना बनाइ विदेशी मुलुकमा पठाउनतर्फ ध्यान दिन उनँले व्यवसायीलाई आग्रह गरे । गहना निर्यातले नेपालको अन्तर्राष्ट्रिय महत्व बढ्न सक्ने उनको भनाइ छ । “नेपालमा काँचो सुन भित्र्याएर गहना उत्पादन गरी परम्परागत गहना विदेश पठाउन ध्यान दिनुहोस्” उनले भने, “हाम्रो मौलिकता विदेशमा पनि पठाउनसके समाजको विकाससँग त्यो समाजको अध्ययन, अन्वेषणका लागि पनि त्यो गहनाको धेरै ठूलो महत्व देखिन्छ । पुरातात्विक महत्व पनि छ ।”
उनले उद्योगी, व्यवसायीहरुको सुरक्षा गर्ने दायित्व सरकारको भएको उल्लेख गर्दै गृह मन्त्रालय मातहतका निकायहरुले उद्योगी, व्यवसायीको सुरक्षामा काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्