Logo

क्यान इन्फोटेक स्थगित

यस वर्षको क्यान इन्फोटेक स्थगित भएको छ ।
आगामी माघ १८ गतेदेखि सुरु हुने प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएपनि कोरोना संक्रमण बढेसँगै अर्को सूचना जारी नभएसम्म स्थगित भएको आयोजकले जनाएको छ । जिल्ला प्रशासन काठमाडौंले २५ जना भन्दा बढी सार्वजनिक स्थलमा भेला नहुन यसअघि नै निर्देशन दिइसकेको छ । यसैगरी विभिन्न सेमिनार र गोष्ठी भर्छुअल रुपमा गर्ने र मेला तथा प्रदर्शन तगर्न पनि आदेश जारी गरेको छ ।
२७ औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन आईएमई पे र सह प्रायोजन स्मार्टच्वाइस टेक्नोलोजिज (एससिटी) का साथै सूचना तथा सञ्चार प्रविधि सम्बन्धि अन्य कम्पनी तथा संस्थाहरुको सहभागिता रहने गरी सम्पूर्ण तयारी पनि पूरा भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्