नागरिक उड्ययन प्राधिकरणको निमित्त महानिर्देशकमा ठाकुर «

नागरिक उड्ययन प्राधिकरणको निमित्त महानिर्देशकमा ठाकुर

नेपाल नागरिक उड्ययन प्राधिकरणको निमित्त महानिर्देशकमा प्रेमनाथ ठाकुर नियुक्त भएका छन् ।
हालका महानिर्देशक राजकुमार क्षेत्रीले ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि ठाकुर नियुक्त भएका हुन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १२ औं तहका ठाकुलाई निमित्त महानिर्देशकमा नियुक्त गरेको छ ।
तर निवर्तमान महानिर्देशक राजकुमार क्षेत्री ४ वर्षे कार्यकाल कायम राख्नुपर्ने दाबी गर्दै अदालत गएका छन् ।अदालतले सरकारलाई छलफलका लागि बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्