मझगाँउ विमानस्थल पुनः निर्माण थालिने «

मझगाँउ विमानस्थल पुनः निर्माण थालिने

दुई दशकदेखि बन्द कञ्चनपुरको मझगाँउ विमानस्थल निर्माणकार्य अगाडि बढने भएको छ । विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले केएस कान्छाराम कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको छ । विमानस्थलका भौतिक संरचना र धावनमार्ग बनाउन प्राधिकरणले दुई करोड ५१ लाख बजेट विनियोजन गरेको मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका संयोजक रमेशचन्द ठकुरीले बताए ।
विमानस्थल निर्माणमा पर्यटन मन्त्रालयको ५०, प्रदेश सरकारको २५, भीमदत्त नगरपालिकाको १५ र दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत गरी ४५ करोड ६६ लाख ७१५ रकम बेहोर्ने सहमति यसअघि नै भएको छ । “विमानस्थल पुनर्निर्माणको शिलान्यास कार्यक्रमको सबै प्रक्रिया पूरा भइसकेको छ,” समितिका सदस्य ज्ञानेन्द्रबहादुर महताले भने, “विमानस्थल पुनर्निर्माणको शिलान्यास कार्यक्रम सुरु भएसँगै निर्माण कार्यले गति लिन्छ ।” विमानस्थलको लम्बाइ एक हजार ६६२ मिटरको रहने छ भने ६६ बिघा जमिनमा विमानस्थल रहने छ ।

प्रतिक्रिया दिनुहोस्