पृथ्वीनारायणप्रति राष्ट्रपति र पूर्वराजाको सम्मान «

पृथ्वीनारायणप्रति राष्ट्रपति र पूर्वराजाको सम्मान

पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् ।
मंगलबार राष्ट्रिय एकता दिवस तथा ३०० औँ पृथ्वीजयन्तीको अवसरमा सिंहदरवारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति भण्डारीले माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गरेकी हुन् । विक्रम सम्बत १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक र दूरदृष्टियुक्त पाइन्छ ।
शाहवंशीय राजा पृथ्वीनारायण शाले स–साना राज्यहरूमा बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गरेका थिए । आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा पृथ्वीनारायण शाहलाई पुस २७ गते उनको सम्झनामा नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ ।

पूर्वराजाले पनि सम्झिए पृथ्वीनारायणलाई
पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।
मंगलबार राष्ट्रिय एकता दिवस तथा ३०० औँ पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा शाहले सिंहदरवारको पश्चिम मूलगेटमा रहेको राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको शालिकमा माल्यापर्णसहित पुष्पहार अर्पण गरेका हुन् । सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पनि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणसहित पुष्पहार अर्पण गरेका थिए ।
सो अवसरमा काठमाडौंमा भने सांस्कृतिक झाँकीसमेतको -याली प्रदर्शन गरिएको छ । -यालीमा उपस्थित भएकाहरुले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा नदिनु दुःखको कुरा भएको गुनासो गरेका थिए । उनीहरु आफूहरु नेपाली हुनुको कारण पृथ्वीनारायण शाह भएको र त्यसमा गर्वबोध हुने गरेको बताउँछन् । आफू नेपाली हो भन्नेहरुका लागि आजको दिनको ठूलो औचित्य रहेको उनीहरुको भनाइ छ । राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहले गरेको त्याग मेटेर नमेटिने तर्क समेत ¥यालीमा सहभागीहरुले गरेका छन् ।
यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले पार्टीको चुनावमा पराजित भएयता पहिलोपटक पूर्वराजा ज्ञानेन्द्रबारे सकारात्मक टिप्पणी गरेका छन् ।
पूर्वराजाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकोमा उनले प्रशंसा गरेका छन् । पार्टीको कार्यक्रम बहिष्कार गरेर थापा आज छुट्टै सिंहदरबार गेटअघि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगेका थिए ।
उनीभन्दा अघि राष्ट्रपति विद्यादेवी भण्डारीले र उनीभन्दा पछि पूर्वराजाले माल्यार्पण गरेका थिए । थापाले पृथ्वीजयन्तीका अवसरमा राष्ट्रपतिले राष्ट्रनिर्माताको शालिकमा माल्यार्पण गर्नु रनेपाली सेनाले सम्मान अर्पण गर्नु प्रशंसनीय रहेको टिप्पणी गरेका छन् । साथै राजा ज्ञानेन्द्रको उपस्थितिले सुनमा सुगन्ध थपेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्