यती एयरलाइन्स र पठाओ राइडरबीच सम्भौता «

यती एयरलाइन्स र पठाओ राइडरबीच सम्भौता

यती एअरलाइन्सको मोबाइल एपमा नयाँ फिचर थपिएको छ ।
यसमा ‘सहज यात्रा’ अफर थपिएको हो । जसको मद्दतमा यती एयरलाइन्सका यात्रुले पठाओमा यात्रा गर्दा छुट पाउन सक्नेछन् । यसैको लागि राइड सेअरिङ एप पठाओ र यती एयरलाइन्सबीच सम्झौता भएको छ ।
सम्झौताअनुसार अब यती मोबाइल एप वा वेबसाइटमार्फत् टिकट खरिद गरेर यात्रा गर्दा यात्रुहरूले पठाओको कार लाइट (ट्याक्सी) सेवामा ५० प्रतिशत अर्थात् एक सय ७५ रुपैयाँसम्मको छुट पाउन सक्छन् । त्यस्तै मोटरसाइकल र स्कुटर सेवामा यात्रुले २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले काठमाडौं उपत्यकाका यात्रुलाई घरदेखि एयरपोर्ट र एयरपोर्टदेखि घरसम्म जानका लागि सहज होस् भनेर उक्त अफर सार्वजनिक गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्