कामना सेवा विकास बैंक र नमस्ते पेबीच सम्झौता «

कामना सेवा विकास बैंक र नमस्ते पेबीच सम्झौता

कामना सेवा विकास बैंक र नमस्ते पेबीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको डिजिटल वालेट सुविधा आदान प्रदान सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिण बस्नेत र नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले गरे ।
सम्झौतासँगै बैंकको मोबाइल बैकिङ सेवा लिएका ग्राहाकले आफ्नो खातामा रहेको रकम मोबाइल बैकिङमार्फत नमस्ते पेमा फण्ड लोड गरी क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, विद्युतय महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टप अप गर्नेलगायत अन्य विभिन्न भुक्तानीको सुविधा लिन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्