बैंक अफ काठमाडू र द सुशी बारबीच सम्झौता «

बैंक अफ काठमाडू र द सुशी बारबीच सम्झौता

बैंक अफ काठमाण्डू र द सुशी बार मल्टि–फ्युजन कजिनबीच सेवामा छुटसम्बन्धी सम्झौता भएको छ ।
बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो । सम्झौतापश्चात् ग्राहकहरुले द सुशीमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमष्ुठ १० प्रतिशत छुट पाउनेछन् ।
उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । द सुशी बार मल्टि–फ्युजक कजिनले काठमाडौंस्थित छायाँ सेन्टर, ठमेलबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।
बैंकले ९४ शाखा कार्यालय, ८४ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्