शिवम् सिमेन्टको ‘लक्ष्मी हातमा देवदर्शन शिवम् को साथमा’को लक्की–ड्र «

शिवम् सिमेन्टको ‘लक्ष्मी हातमा देवदर्शन शिवम् को साथमा’को लक्की–ड्र

‘लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा’ उपभोक्ता योजनाअन्तर्गत पुनः चौथो चरणको ६० भाग्यशाली कुपन विजेतामार्फत १२० जना विजेताहरूको नाम लक्की–ड्र गरी सार्वजनिक गरिएको छ । यस अघिनै पहिलो, दोस्रो र तेस्रो चरणको लक्की–ड्र गरी ३६० जना छनोटमा परिसकेका थिए । यस योजनाअन्तर्गत भाग्यशाली विजेताहरूले काठमाडौं–गोसाइँकुड–काठमाडौं हेलिकप्टरमार्फत देवदर्शन गर्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ । यस अघिनै काठमाडौं, हेटौंडा र जनकपुरमा भएको लक्की–ड्र मा ३६० जना भाग्यशाली विजेताहरू छनौट गरिनुका साथै अधिकांश विजेताहरूले हेलिकप्टरमार्फत गोसाइँकुण्ड देवदर्शन यात्रा गरि सकेका छन् ।
यस योजनामा हालसम्म २ सय ४० कुपनमार्फत ४८० जना छनोट भइसकेका छन् । यस योजनाअन्तर्गत जम्मा ४ सय ८२ जना भाग्यशाली विजेताको छनौट गर्नुपर्ने भए तापनि उपभोक्ताहरूको उत्साहजनक सहभागिताका कारण काठमाडौं–गोसाइँकुण्ड यात्राअन्तर्गत २ सय २ जनाथप गरी ६ सय ८४ जना भाग्यशाली विजेताहरू छनोट हुनेछन, तसर्थ अझै १०२ कुपनअन्तर्गत २०४ जनाका लागि हेलिकप्टरबाट गोसाइँकुण्ड देवदर्शन यात्रा जित्ने मौका बाँकी रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्