माघ २८ मा तरुण दलका जिल्ला अध्यक्षको राष्ट्रिय भेला «

माघ २८ मा तरुण दलका जिल्ला अध्यक्षको राष्ट्रिय भेला

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले माघ २८ गते जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला बोलाएको छ । दलका महासचिव भुपेन्द्रजंग शाहीका अनुसार मुलुकको समसामयिक राजनीतिको समीक्षा लगायतका विषयमा छलफल गर्न जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला बोलाइएको हो । भेला नगरकोटमा हुनेछ ।
राष्ट्रिय भेलामा मुलुक नयाँ राजनीतिक चरणमा प्रवेश गरेको विशेष परिस्थितिमा सामसामयिक राजनीतिक समीक्षा, तरुण दलको संगठन चुस्तदुरूस्त तथा थप निर्माण र भावी राजनीतिको विषयमा छलफल हुने शाहीले बताए । प्रदेश र प्रतिनिधिसभा निवाचनमा भ्रातृ संस्थाहरुको उपस्थिती नै नदेखिएको गुनासो पार्टीभित्र केन्द्रीय समिति बैठकमा भएको थियो । तरुण दल हालसम्म अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्षको भरमा चलिरहेको भन्दै आलोचना हुने गरेको छ । कार्यसमितिले अझै पूर्णता पाउन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्