‘ए’ डिभिजन लिगको आठौं चरण सकियो «

‘ए’ डिभिजन लिगको आठौं चरण सकियो

PIC : ANFA

सहिद स्मारक ए डिभिजन लिगको सोमबार सम्पन्न खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र ब्रिगेड बोइज क्लब (बीबीसी) ले १–१ गोलको बराबरी गरेका छन् ।
यो बराबरीसँगै जारी लिगको आठौं चरण सकिएको छ । अहिलेसम्म ५६ खेल पूरा भएका छन् । त्यसमा ३८ खेलमा जितहार भएका छन् भने बाँकी खेल बराबरीमा रोकिएका छन् । सोमबारको खेलको दोस्रो मिनेटमा रोशन राना मगरले गोल गर्दै बीबीसीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको चौथो मिनेटमा बुद्ध तामाङले गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरी बनाए । आजको खेलसँगै दुवै टिमले समान १–१ अंक जोडेका छन् ।
अहिले पुलिसले ७ अंक बनाएको छ भने बीबीसीले ६ अंक बनाएको छ । बीबीसी १२ औं स्थानमा छ भने पुलिस ११ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्