नेपाल बंगलादेश बैंकको वित्तीय साक्षरता कायक्रम

नेपाल राष्ट्र बैंकको ‘वित्तीय साक्षरता नीति’ लाई अवलम्बन गर्दै नेपाल बंगलादेश बैंकको भोजपुर शाखाले स्थानीय भोजपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रममा क्याम्पसका १७० जना विद्यार्थीहरुलाई वित्तीय सेवा सम्बन्धमा जानकारी गराइएको थियो । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकको नगदरहित विद्युतीय भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्यसहित नेपाल बंगलादेश बैंक भोजपुर शाखाका शाखा प्रमुख विनोद पाण्डेले विद्युतीय भुक्तानी प्रणालीको प्रयोग तथा उपदेयिताको बारेमा विद्यार्थीलाई जानकारी गराएका थिए । हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटीएमबाट बैंकिङ सुविधा दिंदै आएको छ ।