कामना सेवा विकास बैंकद्वारा शाखारहित सेवा सञ्चालन

कामना सेवा विकास बैंकले नेपालमै पहिलो पटक मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
आफ्नो सेवा विस्तार गर्ने क्रममा गण्डकी प्रदेशअन्तर्गत बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँपोखरामा सो शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
काठेखेला गाउँपालिका–५ का वडा अध्यक्ष शिवप्रसाद कडेल र बैंकका गण्डकी प्रदेश प्रमुख केदारनाथ शर्माले संयुक्त रुपमा मोबाइल एप प्रयोग गरी शाखा रहित बैंकिङ सेवा उद्घाटन गरेका हुन् ।