यामाहाको ‘रेस फर द एस’का विजेता घोषित «

यामाहाको ‘रेस फर द एस’का विजेता घोषित

यामाहा मोटर साइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैं लक्षित गरी सुरुगरेको दसैं स्कीम ‘रेस फर द एस’को बिजेता इटहरी निवासी इन्द्रनारायण चोङबाङ भएका छन् ।
१५ भदौबाट सुरु गरिएको दसैं स्कीम मंसिर १४सम्म सञ्चलन भएको थियो । ९ हप्तासम्म चलेको यस स्कीमको अवधीभरी यामाहाको जुनै बाइकको खरिदामा पनि ग्राहकलाई आठ हजारदेखि एक लाखसम्मको तत्काल छुट दिइएको थियो । त्यसैगरी, स्कीम अवधीभरी मोटरसाइकल खरिद गर्ने ग्राहकलाई हरेक हप्ता एक गोल्डेन एस टिकट र बम्पर बिजेताका लागि तीन गोल्डेन एस टिकट जित्नेमौका प्रदान पनि गरिएको थियो । प्रत्येक हप्ताका एसकार्ड बिजेतालाई ४ तोला सुन र बम्पर बिजेतालाई १२ तोला सुन पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।
नेपालभरीबाट लक्की ड्रमार्फत बिजेता छनौट गरिएको सो स्कीमका बम्पर विजेता चोङबाङले तिरुपती अटोसिटीबाट यामाहा एफजी डबलडिस्क ब्रेक खरिद गरेका थिए । यामाहा नेपालले आगामी दिनमा पनि यस किसिमका स्कीमलाई निरन्तरता दिने इन्टरप्राइजका कार्यकारी अधिकृत राजु क्षेत्रीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्