Logo

अनाथ बालबालिकालाई गुराँस लाइफ इन्स्योरेन्सको सहयोग

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले बुढानिलकण्ठ नगरपालिका–३ मुहानपोखरीमा रहेको नवयुवा बाल सुधार अनाथ बालबालिकालाई सहयोग गरेको छ ।
कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अनाथालयका बालबालिकालाई न्यानो कपडा (ज्याकेट) झोला तथा स्टेश्नरी सामग्री प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले बालबालिकालाई हस्तान्तरण गरे ।
१९ वर्षदेखि सञ्चालनमा रहेको नव यूवा बाल सुधार समाजलाई कम्पनीको तर्फबाट सानो सहयोग गर्न पाएकोमा आफूलाई खुशी लागेको बताए । उनले कम्पनीको यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने विस्वाससमेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्