सिटिजन लाइफ इन्स्योरेन्स र ओम हस्पिटलबीच सम्झौता «

सिटिजन लाइफ इन्स्योरेन्स र ओम हस्पिटलबीच सम्झौता

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र ओम हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ ।
कम्पनीसँग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीका लागि आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज गराउन स्वास्थ्यसम्बन्धि सहयोग पु¥याउन सो सम्झौता गरेको बताइएको छ ।
उक्त सम्झौताअनुसार इन्स्योरेन्समा आवद्ध सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी तथा निजका परिवारका सदस्यले अस्पतालमा उपलब्ध हुने स्वास्थ्य उपचार सेवा शुल्क र औषधी खरिदमा विशेष छुट प्राप्त गर्ने बताइएको छ ।
सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका थिए । सम्झौताले कम्पनीसँग आवद्ध सम्पूर्ण लाभान्वित हुने विस्वास लिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्