Logo

हिमालयन बैंक गल्फ प्रतियोगिता सम्पन्न

हिमालयन बैंक गल्फ प्रतियोगिता २०२२ रोयल नेपाल गल्फ कोर्स त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पन्न भएको छ ।
स्टेबल फोर्ड ३/४ ह्यान्डिक्याप विधामा सञ्चालन भएको उक्त प्रतियोगितामा एआइजी हरिबहादुर पाल ४० अंकका साथ प्रथम भए । यस्तै ३७ अंकका साथ मेजर जेनेरल विजय मोक्तनले दोश्रो पुरस्कार हात पारे ।
महिला तर्फबाट तारा कार्की चित्रकार ३७ अंकका साथ प्रथम भइन् भने सिनियर तर्फको उपाधि मेजर जनरल कमलसिंह प्रधानले ३४ अंकसहित प्राप्त गरे । प्रतियोगितामा हिमालयन बैंक परिवारका तर्फबाट जयन्द्र विक्रम शाहले ३१ अंकका साथ उपाधि जित्न सफल भए ।
पुरुष जुनियर तर्फबाट टासी शेर्पा २५ अंकका साथ विजयी भए भने महिला जुनियरको उपाधि अन्भद्या मल्लले हात पारिन् । जुनियर लंगेष्ट ड्राइभको उपाधि जयविर आर्चायले हात पारे भने जुनियर क्लोजेष्ट टु द पीन इदान्त सिंह साउडले जिते ।
बैंकले आयोजना गरेको उक्त प्रतियोगितामा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति सहभागी थिए । पुरस्कार वितरण समारोहमा बैंकका अध्यक्ष प्रमुख कार्यकारी अधिकृत त्था सञ्चालक विजयबहादुर श्रेष्ठले बैंकले विगतदेखि नै देशमा गल्फ लगायत अन्य खेलकुदको विकास र प्रवद्र्धनमा योगदान प्रदान गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्