राष्ट्रियसभा निर्वाचनका लागि आचारसंहिता जारी «

राष्ट्रियसभा निर्वाचनका लागि आचारसंहिता जारी


निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ।
आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै आचारसंहिता जारी गरिएको जानकारी दिएका छन् । स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७२ यही सोमबारदेखि लागू हुनेछ । आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानुनी तथा नैतिक दायित्व भएको भन्दै आयोगले उल्लंघन भएमा कानुनी कारवाही हुने जनाएको छ ।
आयोगका अनुसार नेपाल सरकार र नेपाल सरकारको मन्त्री, प्रदेश सरकार र स्थानीय तह, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालको हकमा आचारसंहिता लागू हुनेछ ।
यस्तै निर्वाचन आयोगले आइतबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको छ । यससँगै आयोगले उम्मेदवारहरूलाई चुनाव चिन्ह पनि प्रदान गरेको छ । राष्ट्रियसभाको १२ गते हुने चुनावबाट १९ जना निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्