यामाहा रे जेडआर १२५ एफआई माइलेज च्यालेन्ज «

यामाहा रे जेडआर १२५ एफआई माइलेज च्यालेन्ज

रेजेडआर स्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उद्देश्यले एमएडब्लु इन्टरप्राइजेजले नियमित रूपमा माइलेज प्रतियोगिता आयोजना गर्दै आएको छ ।
कम्पनीले पुस २१ गते पनि माइलेज च्यालेन्ज आयोजना गरेको छ । महाराजगन्जदेखि बूढानिलकण्ठ हुँदै झोर, बौडेश्वर इको रिसोर्टसम्मको -यालीमा प्रतिलिटर ७५.८९ किलोमिटरका साथ विज्ञान अधिकारी पहिलो बने ।
त्यसैगरी, प्रतिलिटर ७४ किमिका साथ भीमबहादुर आले दोस्रो स्थान हासिल गर्न सफल भए भने सन्जिता महर्जन प्रतिलिटर ७३.५ किमिका साथ तेस्रो भएकी कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्