भायनेटको टिकटक च्यालेन्ज «

भायनेटको टिकटक च्यालेन्ज

भायनेटले ‘भायानेट अल्ट्रा–फाई टिकटक च्यालेन्ज’ नामक टिकटक प्रतियोगिता ल्याएको छ । यो प्रतियोगिता कुनै पनि उमेर समूहको लागि खुल्ला रहेको कम्पनीले जनाएको छ ।
प्रतियोगितामा भाग लिन रचनात्मक र मनोरञ्जनात्मक भिडियोको साथमा भायनेटको आधिकारिक टिकटक च्यानलमा भएको साउन्ड ट्रर्याक प्रयोग गरी भिडियो अपलोड गरेर सहभागी हुन सकिने छ ।
यो प्रतियोगितामा कम्पनीले तोकेका विभिन्न शर्त पालना गरेर तयार पारेका भिडियो मात्र सहाभागी गराइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्