हिमालयन जनरल इन्स्योरेन्सले ७ करोडको बोनस सेयर बाँड्ने «

हिमालयन जनरल इन्स्योरेन्सले ७ करोडको बोनस सेयर बाँड्ने

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ६.६५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको २१ गते बसेको सञ्चालक समितिको बैठकले ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७७-०७८ को नाफा नोक्सान हिसाबमा बाँडफाँटको लागि उपलब्ध रकमबाट सेयरधनीलाई ६.६५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद बाँड्नेछ ।
यो निर्णय २८औं साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन् । बैंकले चुक्ता पुँजी १ अर्ब १० करोड ३ लाख ३६ हजारको ६.६५ प्रतिशत अर्थात् ७ करोड ३१ लाख ७२ हजार ४ सय र ३८ लाख ५१ हजार १ सय ७९ रुपैयाँ नगद लाभांश बाँड्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्