ग्लोबल आइएमई बैंकले किसानलाई सहुलियतपूर्ण कर्जा दिने «

ग्लोबल आइएमई बैंकले किसानलाई सहुलियतपूर्ण कर्जा दिने

ग्लोबल आइएमई बैंक, आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालि र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबीच सम्झौता भएको छ । सो त्रिपक्षिय कृषि क्षेत्रको आधुनिकीकरण मार्फत आत्मनिर्भर एवं व्यावसायिक कृषक उत्पादनका लागि कर्जा सहजीकरण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, आर एण्ड डी इनोभेटिभ सोलुसनका प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेमाफुकी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तर्फबाट नगरपालिकाका उपमेयर विणादेवी राई र इन्फिकेयरका निर्देशक सविन मानन्धरले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकले आर एण्ड डी इनोभेटिभ सोलुसन तथा नगरपालिकाको सिफारिसमा कृषि पेशामा आवद्ध व्यावसायिक कृषलाई आवश्यक मलखाद, बीउ–बिजन तथा विषादी खरिद गर्न ग्लोबल किसान कार्ड मार्फत सहुलियतपूर्ण व्याजदरमा कृषि कर्जा उपलब्ध गराउनेछ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र आर एण्ड डी इनोभेटिभ सोलुसनले कृषक पहिचान तथा कृषकलाई आवश्यक तालिम प्रदान गर्ने समेत सम्झौतामा उल्लेख छ ।
कर्जा, नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तर्गत व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा अनुसार व्याज अनुदानप्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्