गरिमा विकास बैंकको १६ प्रतिशत बोनस प्रस्ताव «

गरिमा विकास बैंकको १६ प्रतिशत बोनस प्रस्ताव

गरिमा विकास बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
यसअनुसार आर्थिक वर्ष २०७७-०७८ को सञ्चित मुनाफा तथा सेयर प्रिमियमबाट ६२ करोड १ लाख ६६ हजार तथा सेयर प्रिमियम ९७ हजार ६८ रुपैयाँ तथा साविक सहारा विकास बैंकको आव २०७७-०७८ को सञ्चित मुनाफा तथा सेयर प्रिमियमबाट १ करोड १५ लाख ४३ हजार तथा सेयर प्रिमियम ६६ लाख ६८ हजारबराबरको रकमअनुसार बैंकको साबिक सहारा विकास बैंक प्राप्ति पूर्वको चुक्ता पुँजी ३ अर्ब ६७ करोड ५९ लाख तथा सहारा विकास बैंकको चुक्ता पुँजी २७ करोड २२ लाख समेत बैंकको चुक्ता पुँजी ३ अर्ब ९४ करोडको १६ प्रतिशत बोनस सेयर दिने निर्णय गरिएको हो ।
प्राप्तिको प्रक्रिया सकिएपछि बोनस सेयर वितरण हुने बैंकले जनाएको छ । त्यसका लागि १५औं साधारणसभाले उक्त निर्णय पारित गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्