आत्मनिर्भर लघुवित्तको ६ करोड २४ लाख नाफा

दाङ- आत्मनिर्भर लघुवित्त वितीय संस्थाले आर्थिक वर्ष २०७७-०७८ को असार मसान्तसम्म ६ करोड २४ लाख ९२ हजार ४ सय २५ रुपैयाँ नाफा गर्न सफल भएको छ ।
वितीय संस्थाले असार मसान्तसम्म १ अर्ब १८ करोड १५ लाख ९४ हजार ७ सय ९६ रुपैयाँ कर्जा लगानी गरेको संस्थाका अध्यक्ष मिरा चौधरीले जानकारी दिइन् । संस्थाको १ अर्ब ३१ करोड ५१ लाख ६३ हजार ३ सय १४ रुपैयाँ सम्पति रहेको छ भने संस्थाको कुल निक्षेप ७९ करोड ५६ लाख ८६ हजार २ सय ६७ रुपैयाँ छ ।
संस्थाले अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म दाङ, सल्यान, बाँके, र बर्दिया जिल्लामा १८ वटा शाखा कार्यालय मार्फत ३६ हजार विपन्न परिवारलाई वितीय कारोबारमा संलग्न गराउँदै घरदैलोमा वचत परिचालन, कर्जा सेवा तथा अन्य सेवा सुविधा प्रदान गर्दै आएको अध्यक्ष चौधरीले बताइन् । संस्थाले चालु आर्थिक वर्ष २०७८-०७९ मा ५ वटा शाखा विस्तार गरी५१ हजार २ सय ४० सदस्य पु-ने लक्ष्य रहेको उनको भनाइ छ ।