मल कारखाना निर्माण गर्न प्रस्ताव «

मल कारखाना निर्माण गर्न प्रस्ताव


कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले तत्काल मल, खाद समस्या समाधान हुने बताएका छन् । उनले भारतसँग जिटुजीमार्फत मल खरिदको सम्झौता हुने जनाएका हुन् ।
युवा शक्ति स्वदेशमै बसोस भन्ने आफूहरुको चाहना रहेको भन्दै मन्त्री यादवले कृषिमा सरकारले अनुदानको व्यवस्था गरेको पनि बताए । “अहिले राम्रो प्रयास भइरहेको छ” उनले भने, “कृषि क्षेत्रमा धेरै राम्रो सम्भावना छ। कृषि क्षेत्रलाई आत्मनिर्भर बनाऔं । ६५ प्रतिशत यो पेशामा आवद्ध छन् ।”
मन्त्री यादवले कृषि क्षेत्रमा जनताले आत्मनिर्भर हुन खोजिरहेकाले कृषिलाई समृद्धिको यात्रामा जोड्न सरकारले कृषि क्षेत्रमा २० वर्षे योजना बनाएको बताए । उनले उत्पादन वृद्धिको लागि सामूहिक खेती गर्नुपर्नेमा पनि जोड दिए । उनले निजी, सहकारी र सरकारी क्षेत्रको सहकार्यमा नै कृषि क्षेत्रको विकास हुने उल्लेख गरे ।
मन्त्री यादवले अहिले नेपालमा विद्युतमा आधारित मल कारखाना निर्माणको कुरा भइरहेको बताए । “जर्मनसँग नयाँ प्राविधिक हिसाबले विद्युतमा नै आधारित फ्याक्ट्री निर्माणको लागि छलफल भइरहेको छ । जर्मन र थाइल्याण्डका कम्पनी इच्छुक छन्” उनले भने, “सबै प्रदेशमा आवश्यक मल उत्पादनको लागि उनीहरुले प्रस्ताव राख्नुभएको छ । अहिले सामान्य छलफल भएके छ । तर, यसको प्रवल सम्भावना हुनसक्छ ।”
उनले मलको समस्या समाधानको लागि जिटुजीमार्फत खरिद गरिने पनि बताए । मल व्यवस्थापनको सम्बन्धमा प्रदेश सरकारलाई पनि केन्द्रबाट कार्यविधि बनाएर पठाएको मन्त्री यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्