पीएम कप क्रिकेट २६ पुसदेखि «

पीएम कप क्रिकेट २६ पुसदेखि

प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार पीएम कपको खेल तालिका सार्वजनिक गरेको हो । पीएम कप पुस २६ गतेबाट माघ ५ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । क्यानले सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
समूह ’ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर १ रहेका छन् । यस्तै समूह ’बी’ मा नेपाल एपिएफ क्लब, प्रदेश नम्बर २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन् । उद्घाटन खेलमा साविक त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्