Logo

मुख्यमन्त्री पाण्डेद्वारा महेशखोलामा मोटरेबल पुल शिलान्यास

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेद्वारा धादिङको थाक्रे गाउँपालिका–१ र गल्छी गाउँपालिका–८ को सीमावर्ती महेशखोलामाथि पक्की मोटरेबल पुलको बुधबार एक समारोहबीच शिलान्यास गरेका छन् । खयरघारी सीमपानी सडक पुल निर्माणको ठेक्का हिम सगरमाथा ज्वालामुखी जेभीले पारेको छ । उक्त कम्पनीले ४ करोड ७६ लाख ६८ हजार ९ सय ९४ रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको कार्यक्रममा जानकारी गराइएको छ । आगामी वर्ष २०७९ साल माघ १६ गतेभित्र पुल निर्माण सक्नुपर्नेछ । ३० मिटर लामो उक्त पुलमा फुटपाथ लगायतका संरचनासमेत निर्माण हुने जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्