मारवाडी सेवा समितिलाई सिद्धार्थ बैंकको सहयोग «

मारवाडी सेवा समितिलाई सिद्धार्थ बैंकको सहयोग

सिद्घार्थ बैंकले मारवाडी सेवा समितिलाई डायलाइसीस मेसिन खरिद गर्नका लागि १५ लाख रुपैयाँ सहयोग गरेको छ ।
सामाजिक उत्तरदायित्वअन्र्तगत बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले मारवाडी सेवा समितिका महासचिव प्रमोद अग्रवाललाई चेक हस्तान्तरण गरेका हुन् ।
बैंकबाट प्राप्त उक्त रकम मारवाडी सेवा समितिले डायलाइसीस मेसिन खरिद गरी मिर्गौला रोगीलाई निःशुल्क सेवा प्रदान गर्नका लागि उपयोग गर्ने बताइएको छ । मारवाडी सेवा समितिले राष्ट्रिय मिर्गौला उपचार केन्द्र सगँको प्राविधिक सहयोगमा गौशाला स्थित पशुपति गौशाला धर्मशालाबाट उक्त सेवा प्रदान गर्नेछ ।
सो सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिलाई डायलाइसीस सेवा दिएर जीवनस्तर सुधार गर्न केही हदसम्म मद्दत पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्