सूर्या लाइफ इन्स्योरेन्सको १३ प्रतिशत लाभांश पारित «

सूर्या लाइफ इन्स्योरेन्सको १३ प्रतिशत लाभांश पारित

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको सोमबार सम्पन्न १३औं वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो ।
सभाले चुक्ता पुँजीको १२.७० प्रतिशत बोनस सेयर तथा ०.६६८४ प्रतिशत नगद लाभांश गरी १३.३६८४ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पुँजी वृद्धि भएर २ अर्ब ५५ करोड २ लाख ८२ हजार एक सय कायम हुनेछ ।
सभाले कम्पनीको संस्थापक र सर्वसाधारण सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गर्नुका साथै संचालक समितिमा संस्थापक सेयरधनी समुह ‘क’ बाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक र सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन समेत सम्पन्न गरेको छ ।
संस्थापक सेयरधनी समुह ‘क’ बाट केशवप्रसाद भट्टराई, हेमन्त नाहटा, विशाल अग्रवाल तथा विवेक झा निर्वाचित भएका छन् । सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट कृति टिवडेवाल तथा वीरेन्द्रबाबु श्रेष्ठ निर्वाचित भएका छन् । उनीहरु निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्