रियलमीको सी २५ वाई सार्वजनिक «

रियलमीको सी २५ वाई सार्वजनिक

रियलमी ब्रान्डले नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ ।
कम्पनीले ५० एमपिए– आई त्रिपल क्यामेरा प्रविधिसहितको रियलमी सी–२५ वाई बजारमा उपलब्ध गराएको हो । इन्ट्री–लेभल स्मार्टफोनमा पहिलो रोजाइमा पर्ने यो रियलमी सी–२५ वाई मा १८ वाटको छिटो चार्ज सपोर्ट गर्ने ५००० एमएएच मेगा ब्याट्री, इनस्ट्यान्ट फिंगरप्रिन्ट सेन्सर र ६.५ इन्चको डिस्प्ले छ ।
सी–२५ वाईमा तीनवटा क्यामरा छ, जसमा ५० मेगापिक्सलको मुख्य क्यामरा छ । यो क्यामराको मद्दतबाठ प्रष्ट फोटा खिच्न सकिन्छ । क्यामरामा एआई ब्युटी विशेषता, एचडिआर मोड, प्यानोरामिक भ्यू मोड, पोट्रेड मोट, टाइमल्याप्स, एक्सपर्ट मोडलगायत थुप्रै विशेषता रहेको कम्पनीको दावी छ । यसको अगाडितिर भने ८ मेगापिक्सलको सेल्फी क्यामरा छ । यो फोनमा सुपर पवार सेभ मोड विशेषता पनि छ जसको सहायतामा फोनको ब्याट्री बचत गर्दै चलाउन सकिन्छ ।
सी–२५ वाईमा अक्टाकोर १२ एनएम युनिसक टी६१० प्रोसेसर छ। यसमा दुई वटा सिम राख्न मिल्छ भने २५६ जिबीसम्मको अतिरिक्त स्टोरेजको लागि माइक्रो एसडी कार्ड स्लट पनि समावेश गरिएको छ । सुरक्षाको लागि फोनमा अल्ट्रा–फास्ट फिंगरप्रिन्ट अनलकिङ र फेसिअल रिकग्निसन जस्ता विशेषताहरू छन् ।
नेपालमा सी–२५ वाई ४ जिबी ¥याम र १२८ जिबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । जसको मूल्य कम्पनीले २० हजार ४ सय ४९ रुपैयाँ तोकेको छ। यो मोबाइल निलो र ग्रे रंगमा उपलब्ध हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्