गोरखामा कृषि तथा व्यापार प्रवद्र्धन मेला «

गोरखामा कृषि तथा व्यापार प्रवद्र्धन मेला

गोरखा चेम्बर अफ कमर्सले कृषि तथा व्यापार प्रवद्र्धन मेला २०७८ आयोजा गरेको छ । सो मेलाको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले उद्घाटन गरेका छन् । २७ पुससम्म आयोजना हुने उक्त मेलाको समुद्घाटन
मेलाको उद्घाटन गर्दै अध्यक्ष मल्लले मुलुकको ६६ प्रतिशत जनसंख्या कृषिमा आश्रित रहेको र कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको ३० प्रतिशतभन्दा बढी योगदान हुनाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए ।
उनले कृषिमा परम्परागत पद्धतिले उत्पादकत्व नबढ्ने भएकाले व्यावसायीक कृषिको प्रवद्र्धन हुनुपर्नेमा जोड दिए ।
कृषिलाई अभियानको रुपमा सञ्चालन गर्न जिल्ला चेम्बरसँग सहकार्य गर्न तयार रहेको उनले बताए । गोरखा चेम्बवरले व्यावसायिक कृषिको प्रवद्र्धनका लागि आयोजना गरेको मेलाको सफलताको कामना गर्दै अन्य जिल्ला चेम्बरहरुले पनि गोरखा चेम्वरको प्रयासलाई अनुसरण गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्