प्राइमको शाखा दशरथपुरमा

प्राइम कमर्सियल बैंकले आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा आइतबार सुर्खेतको लेकबेशी नगरपालिका ,दशरथपुरमा नयां शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बैकको कार्यालय संख्या ५४ पुगेको जनाएको छ । स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका विच बैंकका नायव महाप्रवन्धक भाइराजा तुलाधरले शाखा कार्यालय लेकबेशीको सुर्खेतको दशरथपुरमा उदघाटन गरे ।