सडक अतिक्रमण गरी बनाएका संरचना हटाइँदै «

सडक अतिक्रमण गरी बनाएका संरचना हटाइँदै


जुम्लामा सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन थालिएको छ । बाक्लो सुरक्षाकर्मीसहित कर्णाली राजमार्गको जुम्ला खण्डमा सडक अतिक्रमण गरी बनाइएका घरटहरा, पर्खाल, होटललगायतका संरचना भत्काउन थालिएको हो ।
सडक डिभिजन जुम्लाले एक महिना पहिलेदेखि थालेको सडक सुरक्षा अभियानअन्तर्गत जुम्लामा, सडक डिभिजन, प्रहरी प्रशासन, चन्दननाथ नगरपालिका र नागरिक समाज जुटेर अतिक्रमण हटाउन थालेका छन् । जसअन्तरर्गत मंगलबार चन्दननाथ नगरपालिकाको बसपार्क क्षेत्रमा भएको अतिक्रमण हटाइएको छ ।
अतिक्रमण हटाउने बहस सुरु भएको करिब एक दशकपछि मंगलबार जुम्लामा बाक्लो सुरक्षाकर्मी परिचालन गरेर सडक अतिक्रमण हटाउने परिणाममुखी काम सुरु भएको नागरिक अगुवा राजबहादुर महतले बताए ।
उनले भने, “वर्षौं पहिलेदेखि नागरिक समाजको अगुवाइमा सडक अतिक्रमण हटाउन बहसदेखि सडक चक्काजाम ग¥यौं तर सफल भएनौ । अहिले सडक डिभिजनले कडा कदम पनि चाल्यो, प्रहरी प्रशासनले साथ दिएर अतिक्रमण हटाउने अभियान सुरु भएको छ । आमनागरिक खुसी छौं । सम्मान रुपले सडक अतिक्रमण हटाउन सबै जुट्नु पर्छ ।”
मंगलबार डोजर प्रयोग गरेर सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा सडकमा जथाभावी रूपमा राखिएका निर्माण सामग्री फालिएको छ भने अतिक्रमण क्षेत्रमा चिन्ह लगाउने काम भएको छ ।
सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले भने, “सडक अतिक्रमण हटाउन हामी जुटिसकेका छौं । पहिलो चरणमा बसपार्क क्षेत्रको निर्माण सामग्री हटाएका छौं । नापी गरी सकेपछि मात्रै सडक अतिक्रमण गरी बनाएका संचरना भत्काउने तयारी छ ।”
सडक सुरक्षा सबैको दायित्व हो भन्ने कुरा बुझ्दा बुझ्दै पनि नागरिकबाट बुझ पचाएको देखिन्छ । नगरपालिकाको मापदण्डअनुसार सडक १५ मिरट चौडा हुनुपर्ने । त्यसमा एक मिटर फुटपाथका लागि छुट्याइएको थियो ।
तर अहिले फुटपाथसमेत अतिक्रमण गरेर घर टहरा, होटल बनेका छन् । त्यसैले सडक क्षेत्र पूरै खाली गर्न नापी गरेर आफै व्यवस्थापन गर्न सूचित गरिने अटेरी गरे एक हप्ताभित्रै डोजर प्रयोग गरेर संरचना भत्काइने सडक डिभिजन जुम्लाका प्रमुख श्रेष्ठको भनाइ छ । यसअघि अतिक्रमण हटाउने बहस निर्णय भए पनि कार्यान्वयन नभए पछि अब सडक अतिक्रमण हटाउन आफूले खुट्टा नकमाउने प्रमुख श्रेष्ठको भनाइ छ ।
अतिक्रमण बजार क्षेत्रसँंगै जुम्लाको तातोपानी, लिताकोट, कुडारी, त्रिवेणी, रारालिहीमा पनि बढेकाले अतिक्रमण हटाउने अभियान गाउँसम्म पु¥याइने सडक डिभिजनले जनाएको छ । यता प्रमुख जिल्ला विजयाकुमारी प्रसार्इंले पहुँचवालालाई छोड्ने र सामान्य नागरिकको संरचना भत्काउने नभई अतिक्रमण भएको सबै क्षेत्र सहमति वा बल प्रयोग गरेर भए पनि हटाइने बताइन् ।
सडक सबै नागरिकको साझा सम्पत्ति भएकाले सडक सुरक्षा सबैको दायित्व हो । अतिक्रमण हटाउन प्रहरी प्रशासन, सडक डिभिजनले मात्र सम्भव नभएकाले आमनागरिकको सहयोग आवश्यक रहेको प्रजिअ प्रसाईंको भनाइ छ ।
सडक डिभिजन जुम्लाले पटक पटक सार्वजनिक सम्पत्ति तथा सडक अतिक्रमण नगर्न अनुरोध गरे पनि सडकमा स्थानीयको मनपरि रोकिएको थिएन । निर्णय हुने कार्यान्वयन नहुने प्रवृत्तिले बढेको सडक अतिक्रमण हटाउन सरोकारवाला आक्रामक भएपछि आमसर्वसाधारण खुसी भएका छन् ।
वर्षेनि सडक डिभिजनले करोडौं खर्चेर निर्माण गरेका सडकको ढल निकासा पनि अतिmक्रणमा परेका छन् । जसले आवत जावतमा समस्या, दुर्घटनाको जोखिम बढेको छ । अतिक्रमण बजारभन्दा गाउँमा बढी भएकाले अतिक्रमण हटाउने अभियान गाउँ केन्द्रित गर्नसमेत तातोपानी–२ का धिर बुढाको भनाइ छ ।
हाल निर्माण सामाग्री मात्रै हटाएको र अबको सात दिनभित्र अतिक्रमित सडक खाली नभए कार्यालयले आफ्नै तरिकाले हटाउने र त्यसबाट पर्न जाने क्षतिप्रति कार्यालय जवाफदेही नहुनेसमेत चेतावनी दिइएको छ । साथै संरचना हटाउँदा लाग्ने खर्चसमेत सार्वजनिक सडक ऐन २०३१ को दफा १९ (३) बमोजिम सम्बन्धित व्यक्तिबाटै असुल उपर गरिने छ ।

प्रतिक्रिया दिनुहोस्