विद्यालय समयमा शिक्षकहरू अतिरिक्त क्रियाकलापमा नलाग्नूस् : शिक्षामन्त्री «

विद्यालय समयमा शिक्षकहरू अतिरिक्त क्रियाकलापमा नलाग्नूस् : शिक्षामन्त्री

बागलुङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालय समयमा अतिरिक्त क्रियाकलाप नगर्न शिक्षकहरूलाई आग्रह गरेका थिए । बागलुङ नगरपालिका–१४ मा रहेको गणेश माध्यमिक विद्यालयको ४१औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै शिक्षकहरूको काम पढाउने भएकाले विद्यालय समयमा अन्य क्रियाकलापमा नलाग्न आग्रह गरे ।
‘शिक्षकको काम पढाउने हो, विद्यार्थीको काम पढ्ने हो,’ उनले, भने,’ ‘अभिवाकको सहयोग, शिक्षकको लगनशीलता र विद्यार्थीहरूको सक्रियता भयो भने सार्वजनिक शिक्षा सुधार हुन्छ ।’
उनले शिक्षा मन्त्रालयको कार्यभार सम्हालेपछि विद्यालयमा शिक्षकहरूको अभावको कुरालाई मध्यनजर गर्दै शिक्षा नियमावलीको ११औं सशोधन मन्त्रिपरिषद्बाट गराएर विज्ञापन खुलाउन सफलभएको बताए ।
विद्यार्थीलाई किताबी ज्ञानले मात्रनहुने भन्दै शिक्षकहरूलाई अहिलेको प्रविधिसँग अपडेट हुन आग्रह गरे ।
राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रमलाई थप व्यवस्थित गर्दै तीन वर्षभित्र देशभर विद्यालयका भवन बनाउने लक्ष्य मन्त्रालयको भएको बताउँदै प्राविधिक शिक्षामा मन्त्रालयको जोड रहेको पनि उल्लेख गरे । ‘आज नेपालको सार्वजनिक शिक्षा राम्रो छैन भन्ने कुरा बाहिर आएको छ,’उनले भने, ‘सार्वजनिक शिक्षा सुधार गर्न मन्त्रालय प्रतिबद्ध छ ।’
५ वर्षदेखि रोकिराखेको आन्तरिक शिक्षक बढुवाको कामको थलानी भएको बताउँदै ३ हजार ३ सयभन्दा बढी शिक्षकहरूको बढुवा हुने बताए ।

प्रतिक्रिया दिनुहोस्