लैगिंक हिंसाका घटनामा पूर्वाग्रह नराख्न सरकारलाई समितिको निर्देशन «

लैगिंक हिंसाका घटनामा पूर्वाग्रह नराख्न सरकारलाई समितिको निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले महिला हिंसा, लैगिंक हिंसाका घटना संवेदनशील भई पूर्वाग्रह नराखी अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले महिला हिंसा, लैगिंक हिंसाका घटना संवेदनशील भई पूर्वाग्रह नराखी अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको हो । समितिको बैठकले लैगिंक हिंसाका घटनाप्रति संवेदनशील अनुसन्धान गरेर दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन पनि गृह मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय महिला आयोग र प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । महिला हिंसाका सम्बन्धमा परेका उजुरीलाई द्रुतमार्गबाट शीघ्र किनारा लगाउनुका साथै पीडितको सुरक्षाको सुनिश्चितता गर्न पनि समितिले सरकारलाई सचेत गराएको सभापति निरुदेवी पालले बताइन । उनले न्यायका लागि माईतीघर मण्डलामा धर्नामा बसेका महिलाको स्वास्थ्य स्थिति परीक्षण गर्न÷गराउन र माग सम्बोधन हुने प्रत्याभूति गरी घर फर्किने वातावरण बनाउन समिति राष्ट्रिय महिला आयोग, गृह मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र प्रहरी प्रधानलाई निर्देशन दिएको बताइन् ।
सभापति पालले राजनीतिक दबाबमा काम गर्ने वातावरण अन्त्य हुनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्