कठपुतलीलाई दर्शकको साथ «

कठपुतलीलाई दर्शकको साथ

शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘कठपुतली’ले दर्शकहरूलाई हलसम्म तानेको छ ।
शुक्रबारबाट व्यावसायिक प्रदर्शनमा आएको चलचित्रले काठमाडौंका क्यूएफएक्स, बिग मुभिज, वान सिनेमाजलगायतका हलमा हाउसफुल व्यापार गरेको छ । कोरोनाको कारण हलसम्म आउन नसकेका दर्शक झन्डै दुई वर्षपछि नेपाली चलचित्र हेर्न हलमा पुगेका थिए । चलचित्र प्रदर्शन भएका हलहरूमा दर्शकहरूको भीड देखिएको छ । यो चलचित्रको कथावस्तुलाई पनि दर्शकले रुचाएका छन् । शनिबार चलचित्र हेर्न पुगेको ‘नेपाल आइडल ४’ का प्रतिस्पर्धीहरूले नेपाली चलचित्रको निर्माणको स्तर बढेकोमा खुशी व्यक्त गरेका छन् । उनीहरूले चलचित्रको कथावस्तु, कलाकारको अभिनय, प्रस्तुति र प्राविधिक पक्ष उत्कृष्ट रहेको प्रतिक्रिया दिए ।
सम्पदा मल्लको लेखनमा तयार भएको यो चलचित्रलाई पृथ्वी रानाले निर्माण गरेका हुन् । चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, धु्रव कोइराला, उषा रजक, शिल्पा मास्केलगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्