अब पावर टिलर हैन ‘मेघा टी’

किर्लोस्करले अध्ययन र अनुसन्धानपश्चात् भारत, बंगलादेश र नेपालका साना र २ हेक्टरभन्दा कम कृषियोग्य जग्गा भएका कृषकहरूका आवश्यकतालाई मध्यनजर गरेर कृषि यान्त्रीकरण क्षेत्रमा विकास गरी मेघा टी बजारमा ल्याएको छ । नेपालका लागि आधिकारिक बिक्रेता दुगड ब्रदर्स एन्ड सन्स प्रालिले यो उपकरण हालै बजारमा ल्याएको हो ।
मेघा टी एक टिलर जस्तै देखिन्छ तर यसमा बसेर चलाउँदा, भिजेको वा सुक्खा भूमि भएको खेतमा ट्रेक्टर जस्तै काम गर्न सजिलो हुने बहुउपयोगी मेसिन भएको कम्पनीको भनाइ छ । मेघा टीमा विश्वस्तरको ट्रेम आइआइआइ र बीएस प्रमाणित इन्जिन भएकाले वातावरण प्रदूषण नहुने र इन्जिनको आयु पनि बढी भएको कम्पनीको दाबी छ । उच्च टर्क इन्जिनले अधिक शक्ति प्रदान गर्दछ । उच्च टर्क भए पनि इन्धनको खपत कम छ । कम्पनीले ५, ८ र १२ एचपी श्रेणीहरूमा कृषकहरूको आवश्यकताअनुसार विकास गरिसकेको र ८ एचपीको पावर विडर नेपालमा उपलब्ध भएको जनाएको छ ।
नेपालका अधिकांश साना कृषकहरूको स्तरोन्नति र प्रगतिका साथै उनीहरूको बाँझो रहेको भूभागलाई हराभरा पार्ने लक्ष्यको साथ आयात गरेको यस मेघा टीको आयातकर्ता र दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले बताए ।