मिसेज नेपाल वर्ल्डको फाइनल उपाधि दीक्षा केसीलाई «

मिसेज नेपाल वर्ल्डको फाइनल उपाधि दीक्षा केसीलाई

वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१ को फाइनल उपाधि काठमाडौं बाफलकी दीक्षा केसीले जित्न सफल भएकी छिन्।
राजधानीको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा शनिबार अबेर राती सम्पन्न प्रतियोगितामा प्रमुख निर्णायक सिएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले सोधेको प्रश्नको सटिक जवाफ दिँदै दीक्षा वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१ को उपाधि चुम्न
सफल भएकी हुन्।
उपाधि विजेता केसीले ग्लायलेक्सी जम्बो वासमती राईस लेडी विथ कम्प्यासनको उप उपाधिलाई पनि जितेकी छिन। वाइवाइ मिसेस नेपाल
वल्र्डको उपाधि चुमेवापत दीक्षाले सन् २०२२ मा हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर
प्राप्त गर्नेछिन्।
कार्यक्रममा तीन दशकभन्दा लामो समयदेखि जीवन्त अभिनय र नृत्यकलाबाट लोकप्रियता कमाउँदै आएकी ख्यातिप्राप्त अभिनेत्री गौरी मल्ललाई चम्किलो क्राउन पहिराएर मानार्थ एमएस नेपाल उपाधिबाट सम्मान गरिएको थियो। उनको सम्मानमा विनु शाक्य र श्रीलक्ष्मी थापाले उनले अभिनय तथा नृत्य गरेको विभिन्न कालखण्डका गीतमा नृत्य प्रस्तुत गरेकी थिए । यसअघि मिसेस नेपालको मञ्चमा रिवन इन्टरटेनमेन्टले
अभिनेत्री करिश्मा मानन्धरलाई मानार्थ मिसेस नेपाल उपाधिबाट सम्मान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्