नयाँ वर्षमा स्मार्ट टेलिकमको अफर «

नयाँ वर्षमा स्मार्ट टेलिकमको अफर

स्मार्ट टेलिकमले नयाँ वर्षमा आकर्षक योजना ‘नयाँ वर्ष २०२२ मा डबल खुसी’ लिएर आएको छ ।
चाडपर्वको समयमा ग्राहकको बढ्दो दैनिक डेटा आवश्यकतालाई ध्यानमा राख्दै स्मार्ट टेलिकमले नयाँ वर्षको उपलक्ष्यमा यो योजना सार्वजनिक गरेको जनाएको छ । यस योजनामा ग्राहकले स्मार्ट सेलका डेटा प्याक खरिद गर्दा दोब्बर खुसी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
यस योजना अन्तर्गत, डाटा प्रयोगकर्ताहरूले ग्रेटेस्ट जीबी प्याक, २०० एमबी डेली डेटा र मासिक २ जीबी डेटा प्याक खरिद गर्दा ‘बाइ वन, गेट वन फ्रि’ योजना अन्तर्गत एउटै मूल्यमा समान अवधिका लागि दोब्बर डाटा निःशुल्क पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्