मुगुको सोरुगाँउपालिकामा सिटामोलसमेतको चरम अभाव «

मुगुको सोरुगाँउपालिकामा सिटामोलसमेतको चरम अभाव

मुगु – हिमाली जिल्ला मुगुमा रहेका चार स्थानीय तहहरूमध्ये सोरुगाँउपालिकामा रहेका स्वास्थ्य सस्थामा हिजो¬–आज सिटामोल औषधिसमेत अभाव भएको छ ।
हरेक वर्ष स्वास्थ्य क्षेत्रमा स्थानीय पालिका र संघीय सरकारबाट लाखैको बजेट बिनियोनज गरेपनि सोरु गाउँकामा रहेका आधारभूत स्वास्थ्य सस्थादेखि स्वाथ्यचौकी हुँदै स्वास्थ्य शाखाको गोदामसम्म सिटामोललगायत अन्य औषधीको चरम अभाव भएपछि औषधी स्टोर गरी राख्ने स्थानसमेत खाली रहेका छन् ।
सामान्य रुगा खोकीदेखि अन्य बिरामी पर्दा उपचारका लागि पालिका भिब रहेका १ देखि ११ वडाका नागरिकहरू उपचार गर्नका लागि हिजा आज चर्काे मूल्य तिरेर निजी मेडिकल र गमगढी बजार पुगेर औषधी उपचार गर्न बाध्य छन् ।
देशले बिभिन्न कालखण्डका राजनैनिक परिवतन गर्दा आएपछि पछिल्लो समयमा सिङ्गो देश संघीयतामा गएपछि सिंहदरवारको अधिकार गाउँ¬¬–गाउँमा भन्ने मुल नाराका साथमा खुसी भएका आम नेपाली मध्य मुगुका सोरु बासी पनि एक हुन संघीयता आएको चार वर्षभन्दा बढी समय बितिसक्दा पनि सिटामोल लगायतका अन्य औषधीहरू पालिकाभित्र रहेका कुनै पनि निकायबाट सहज रुपमा नपाउँदा निकै मारमा परेका छन् ।
स्वास्थ्य सस्थामा राज्यकोषबाट तलाव खार्ने कर्मचारी पनि पालिकाले औषधी उपलब्ध नगराउदा घाम तापेर दिन बिताइरहेका छन् भर्ने उपचारका लागि स्वास्थ्य संस्थामा पुगेका नागरीकहरूलाई औषधी छैनन् भन्दै निजी मेडिकल र घर फर्काउन गरेका छन् । बिरामी हुँदा मेडिकलमा महँगो मूल्य तिरेर उपचार गर्नुपर्ने बाध्य भएका छौ भर्ने कहीले काही फेन नेपाल नामका संस्थाबाट सञ्चालन गरिएको स्वास्थ्य क्याम शिविरबाट उपचार गर्ने गरेको सोरु गाउँपालिका वड नम्बर ६ सोरुकोट बस्ने बलिराज शाहीले बताएका छन् ।
गाउँपालिकाबाट आउर्ने औषधी गर्त वर्ष ३ महिनासम्म पनि पुगेन यो वर्ष कुनै पनि औषधी पालिकाबाट आएको छौनन् हिजो आज सिटामोल पनि छौनन् सरकारी स्वास्थ्यका कर्मचारीहरू स्वास्थ्य संस्थामा बसेपनि भो नबसेपनि भो बिरामी आउन्छन औषधी छौनन् धेरै पटक पालिकासँग माग गरेका छौं औषधीनै ओउँदैन यता कहिलेकाहीँ सुत्केरी आमाहरू आउन्छन् सुत्केरी गराउँदा पर्याप्त सामग्रीहरूको अभिव छ बिधुत नहुदा मोवाईलको लाईट बालेर सुत्केरी गराउन बाध्य भएको स्वास्थ्यचौकी नार्थपुका अहेव टीकाराज आर्यायले बताएका छन् ।
यता सोरु गाउँपालिका स्वास्य शाखाका अनुसार आव २०७७-०७८मा खरिद गरेको औषधीले अहिले सम्म काम चलाएको र आव २०७८÷०८९ को औषधी खरिद गर्नका लागि पालिकाबाट बजे छुटाए पनि प्रमुख प्रशासकृय अधिकृतहरूको फेर बदल खाता सन्चालन लगाएत अन्य कारणले गर्दा अन्य नियमित कार्यक्रम र औषधी खरिद नहुँदा पालिकाभित्र औषधी अभिव भएको स्वास्थ्य संयोजक कर्णबहादुर सावतले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्